( टाउको दुखेर हैरान भएर खाटमा लम्पसार भएर लडिराखेको अवस्था बाट एक्कासी यो नयाँ बर्ष को पहिलो दिन त केही न केही ब्लग मा लेखिटोपलौ भनेर उठेर लेखिएको )
खोइ कहाँबाट सुरु गरौ। हिजै भोली नयाँ बर्ष , चाडै उठेर नुहाइ धुवाइ गरेर केइ चै उल्लेख्य गर्न पर्ला भनेर सुतेको मान्छे , एकबिहानै साँढे ९ बजे उठियो, चियाको कप भुइमा राख्न नपुदै श्रीमतीजीले खाना पस्किसकिछिन , त्यस्सै त अबेर सम्म को सुताइ फेरी किन छिटो खाना भनेर श्रीमतीजीलाई चिढ्याउनु अनुचित ठानी जती रुच्छ त्यत्ती हसुरियो।
बुढा आज कतै घुम्न जाम्न श्रीमतीजिले मनको कुरो रखिन यता मेरो अन्तिम गांस मुख्मा छिर्ने क्रममा थियो । अब नाई कसरी भन्नु। अझ उन्ले थपिन , वल्लो कोठा पल्लो कोठाका सबै घुम्न जाने रे।
अन्तत म बोले जाउन त घुम्न के भोर, अनी छर्छिमेकी कहाँ जाने बिचारमा छन रे त? चन्द्रगिरी डाँडा उन्ले मुस्कुराउदै भनिन हस हजुरको जो आदेश मैले टाउको हल्लाये।
सबै जना बडो उमङको साथ ,किर्तिपुरको नयाबजार तर्फ लागियो अनी गाडी चढि भत्केपाटी। गाडी बाट उत्रे पछी अब पालो हिंड्ने । उफ्फ्फ । । त्यो उकालो अनी उफ्फ्फ । । मेरो वजन ।। सम्झिदै आङ जिरिङ्ग भएर आयो , नढाटि भन्नुपर्दा पुष्पलाल पार्क कटेर अलीपर नपुग्दै म त थाकिसकेको थिए। अरु डाँडा चड्न चम्किने हरु पनि प्राय गलीसकेका थिए। मेरी को पनि हालत खराब भैसकेको थियो , गोल्मेच बैठक जस्तै जस्तै भयो अनी निस्कर्स आयो अब माथि नजाने यही कतै बसेर रमाइलो गर्ने आखिर हिंडेर, उकालो चढेर मात्र रमाइलो हुने होइन क्यारे । म त फुरुङ्ग भैसकेको थिए अनी बस्ने ठाउँ को खोजी गर्न थालियो
एसो फरकिलो ठाउँ खोज्दै हिड्दा बल्लतल्ल सन्सानो सल्ला घारी फेला पारीयो अनी त्यही आनन्दले बसेको मात्र के थियौ लु कोस्लाई हो जुका लागेछ । हेर्दा त जताततै जुकै जुका अब परो फसाद, जुका देख्ने बित्तिकै केटी पार्टी त सब भागाभाग मुस्किलले जुका को हमला बाट बचियो । अब झन तल झरियो, झन्डै पुष्पलाल पार्क निर नै आइपुगेपछी चै मजाले बसियो , अनी ल्याएको खाने कुरा खाना थालियो, अघीको जुका को हमला को याद ताजै थियो त्यै भर होला यता पनि जिउ चिलाये जस्तो उता पनि जिउ चिलाये जस्तो भइरहेको थियो।
मलाई त झन टाउको दुख्न थालि सकेको थियो , कत्ती बेला घर पुगेर सुत्नु जस्तै भ्हैसकेको थियो। बल्ल बल्ल कोठा मा आएर चिया खाएर ढल्केको मस्त ले निदाइएछ । कताबाट हो आज त नयाँ बर्ष हो केही लेखुम क्यार भन्ने सम्झेर यि कुरा लेख्दै छु।
नयाँ बर्ष मा कसैले के गर्ने कसैले यो गर्ने भन्ने रिजोलुसोन गर्छन् , आज को नयाँ बर्ष को पहिलो दिन चै मैले अब आइन्दा देखी म यो त्यो गर्छु भनेर रेजोलुसोन केही पनि गर्दिन भन्ने रेजोलुसोन गरे, कसैलाई केही आपत्ति रहे रहोस्।
अनी अर्को कुरा के भने धेरै ले मलाई जिस्क्यौने हेतुले एस्तो राम्रो ब्लग लेक्छस पत्रीकामा पनि दिनु नि लेखेका कुराहरु भन्ने गरेका छन, आजै को मिती बाट म यो कुरो प्रस्ट पार्न चाहन्छु कि मेरो लेख पत्रीकामा दिन लायक को हुँदैन है , मलाई जे लेख्न मन लाग्छ म त्यही लेख्छु , कोइ कविता लेखछन कोइ कथा, निबन्ध, उपन्यास आदी आदी म परे आफ्नै तालको मान्छे मलाई जे मनमा आउछ म त्यही लेख्छु अनी मेरो जस्तो लेख छाप्ने पत्र-पत्रीका चाँही नेपालमा मात्र हैन विश्वमै कही पनि छैन होला हाहहा हाहहा आँफैलाई पनि दरो हास उठ्यो , कसैलाई केही आपत्ति नरहोस् ।
दिउसो र मासा मस्तले सुतियो अब त निन्द्रा पनि के लाग्ला र खोइ? सबै जनालाई नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना ।
जय नेपाल जय नेपाली।